काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नंं. २ का वडाध्यक्ष उजेर अलिलाई घुससहित पक्राउ गरेको छ ।

वडाध्यक्ष अलिले घरबाटो सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस मागेको र आइतबार कार्यकक्षबाटै १५ हजार रुपैयाँ घुससहित गरिएको प्रवक्ता नरहरि घिमिरेले बताए ।

सेवाग्राहीसँग घुस माग गरेको सूचना पाएपछि बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई घुससहित नियन्त्रणमा लिएको हो ।