काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरण फेरिएपछि अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्। पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताउदै उनले भने “पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्, अर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ।”

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले आज पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकमा नीति तथा कार्यक्रम र वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको र अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउनेगरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट पारे। आगामी आर्थिक वर्षदेखि रु तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने समेत जानकारी दिए ।