काठमाडौं । आज ट्वान्टी २० शृंखलामा नेपाल ‘ए’ र आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल हुँदैछ । यसअघि शृंखला बिहीबार शुरु हुने तालिका थियो ।

तर, पहिलो खेल वर्षा कारण रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले पुनः नयाँ तालिका निकालेको हो। नयाँ तालिकाअनुसार नेपाल र उल्भ्सले शुक्रबार पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन्।

यसअघि आयरल्याण्ड उल्भ्सले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमसँग दुई ट्वान्टी २० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्याण्ड उल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ।

उल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा उत्रिनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजे शुरु हुनेछ ।