दाङ । फागुन १८ गतेदेखि घोराहीमा जारी बाह्रौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा आज आइतवार चर्चित गायक प्रकाश सुपतको प्रस्तुति रहनेछ । महोत्सवको तेस्रो दिन आज सांगितिक प्रस्तुतिका लागी प्रकाश सपुत दाङ आएको आयोजक मूल समितिले जानकारी दिएको छ ।

‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मूल नाराका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवमा नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रीय गायक सपुतको प्रस्तुति रहने आयोजक दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले जानकारी दिएका छन् । आफ्नो प्रस्तुतिमा विशेष गरी मौलिकलाई प्राथमिकतामा राख्ने भएकाले सपुत नेपाली सांगितिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल कलाकार हुन् ।

भोलि मेलाको अन्तिम दिन नेपालसहित १३ देशका कलाकारहरुले आफ्नो प्रस्तुति देखाउने छन् ।