दाङ । दाङको घोराहीमा भाेलिदेखि हुन थालेको तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुनको २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुन थालेको भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिए ।
सभापति डाँगीका अनुसारका जिल्लामा भलिबल खेलको विकाससँगै खेलाडीहरुको क्षमताअभिवृद्धिका लागि नेपाली कांग्रेस स्वर्गीय नेता पूर्व खुमबहादुर खड्काको स्मृतिमा घोराहीस्थीत जिल्ला समन्वय समितिको मैदानमा हुन थालेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बताए ।
आयोजक नेपाली कांग्रेस दाङका अनुसार प्रतियोगितामा जिल्लाका नौ वटा स्थानीयहरुको सहभागिता हुने भएको छ । प्रतियोगितामा घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिकाको सहभागीता हुन थालेको नेपाली कांग्रेस दाङका सहसचिव एवं खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिए ।
लिगकम नकआउटका आधारमा खेलाइने खेलको बिजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितिय हुने टिमले १ लाख २५ हजार, तृयिय हुने टिमले नगद ५० हजार र सान्तोना हुने टिमले नगद २० हजारसहित हित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडीहरुलाई जिल्लामा ल्याएर नयाँ खेलाडीहरुसँग खेलाउँदै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगितामा सहभागी टिमहरुलाई दुई जना राष्ट्रियस्तरका खेलाडीहरु समेत सहभागी गराउने अवसर प्रदान गरिएको आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले जनाएको छ । प्रतियोगिताको आइतवार दिउँसो १२ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने छन् ।
