इन्द्रेणी समाचारदाता
दाङ । दाङको घोराहीमा आजदेखि बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सव शुरु भएको छ । एभरेष्ट नेपाल कल्चर ग्रुप काठमाण्डौंको आयोजन तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थानीय आयोजनमा महोत्सव शुरु भएको हो ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले गरे । महोत्सव उद्घाटन गर्दै महोत्सवले यहाँको संस्कृतिको संरक्षण गर्नुका साथै आर्थतन्त्रलाई चलायमान गराउने बताए ।

महोत्सवको उद्घाटन अघि ट्राफिक चोकबाट विभिन्न संस्कृति झाल्कने झाँकीसहितको शोभायात्रा निकालिएको थियो । फागुन २१ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित १३ राष्ट्रका कलाकारहरुले सांस्कृतिक प्रस्तुति देखाउने कार्यक्रम छ । महोत्सव घोराहीस्थित कृषि सामग्री कम्पनीको मैदानमा शुरु भएको महोत्सवमा स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । महोत्सवमा विभिन्न स्थानीय उत्पादनका सामग्रीहरु राखिएको छ ।

महोत्सवका तस्विरहरु

तस्विर : उदय बीसी/इन्द्रेणी अनलाइन