काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ।

यसपटक राष्ट्रियसभा अध्यक्षमा आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्नी सापकोटाले बताए । उनले आगामी चुनावमा गठबन्धन नगर्ने निर्णय पनि गरेको बताए।

यस्तै तराई अभियान चैत्र १ गतेबाट सुरु गर्ने भनिएकोमा चैत्रमा १५ बाट सुरु हुने माओवादीले निर्णय गरको छ। यस्तै हिमाल अभियान वैशाख १५ बाट सुरु हुने प्रवक्ता सापकोटाले जानकारी दिए ।