दाङ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु परीक्षण गर्ने क्याथल्याब सेवा सुरु भएको छ । अस्पतालको ११४ औ बार्षिक उत्सवको अबसर पारेर प्रादेशिक अस्पतालले यो सेवा सुरु गरेको हो । मुटुको परिक्षण गर्नेक्याथल्याव सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले उदघाटन गरे ।

प्रदेशमा तहतका अस्पतालहरुमा क्याथल्याव सुरु गर्ने लुम्बिनी प्रादेशिक अस्पताल पहिलो भएको अस्पतालले जनाएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालय राजु खनालले क्याथल्याब सञ्चालनको लागिचालु आर्थिक वर्षमा २२ करोड रुपैंयाँबिनियोजन गरेको जानकारी दिए ।

क्याथल्याव सेवा सुरु भएसँगै लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रले महत्वपूर्ण फड्को मारेको मन्त्री खनालको भनाई छ । “मुटु सम्बन्धी सानो समस्या हुँदा पनि अन्यत्र जानुपर्ने बाध्यता अब हटेको छ । अब प्रदेशभित्रै यस्को उपचार हुन्छ ।” मन्त्री खनालले भने, “प्रादेशिक अस्पताललाई विशिष्टिकृत सेवा प्रदान गर्ने अस्पताल बनाउने कार्य अन्र्तगत यो सेवा सुरु गरिएको हो ।” उहाले लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेशकै विशिष्टिकृत र राष्ट्रकै अब्बल अस्पताल बनाउनको लागि कुनै कसर बाँकी नराखि काम गरिने बताए ।

स्वाथ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले स्वाथ्य क्षेत्रमा एकिकृत विकास आवश्यक रहेको भन्दै आफुले मन्त्रालयबाट सेवा, सुविधा विस्तारको लागि पहल गर्दै आएको वताए। । उनले अस्पतालमा मुटु रोग विशेषज्ञको दरबन्दीअनुसार चिकित्सक अभाब हुन नदिने बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुदर्शन थापाले शल्यक्रिया बिना नै मुटुका सामान्य अवरोधहरु हेर्ने, खोल्ने र मुटुको भल्भहरु साँघुरो भए घटाउने कामक्याथ ल्याबबाटै हुने वताए । अब मुटु रोगको छिटो पहिचानगर्न सजिलो हुने र उपचारमाथप सहजहुने डा थापाले बताए ।

दैनिक झण्डै ३ हजार बिरामीले ओपीडी सेवालिने अस्पतालमा मुटुरोगीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथल्याव सेवा जरुरी भएको अस्पतालका बरिष्ट मुटु रोग विशेषज्ञ रोशन घिमिरेले बताए । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले क्याथल्याब सञ्चालनको लागिचालु वर्ष २२ करोड रुपैंयाँ बिनियोजन गरेको थियो । क्याथल्याबमा २ जना चिकित्सक सहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्परलगायत गरी ८ जनाको समूहबाट सेवा प्रदान हुने अस्पतालमा प्रशासन प्रमुख राजन केसीले बताए ।