काठमाडौं । प्रभु बैंकका डेपुटी सीईओ सेन्चुरी बैंकका पूर्वसीईओसहित १० जना पक्राउ परेका छन् । बैंकिङ कसुर गरेको आरोपमा प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ तुलसीराम गौतमसहित दश जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।
नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि सीआईबीले यस विषयमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीका प्रमुख किरण बज्रचार्यले विभिन्न अनियमिततामा संलग्न भएको आरोप लागेको र राष्ट्र बैंकले आग्रह गरेपछि पक्राउ गरिएको हो ।
सेन्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको उनीहरूमाथि आरोप छ । सेन्चुरी बैंकका तत्कालीन सीईओ न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रूपमा कार्यरत छन् ।
