दाङ १३ साउन । पाठयक्रम विकास केन्द्रले विद्यालय शिक्षालाई अन्र्तराष्ट्रिय मापदण्डको समकक्षी वनाउनका लागि आयोजना गरेको प्रदेश स्तरीय सुझाव सङकलन कार्यक्रम सम्पन्न भएको छ ।
केन्द्रले प्रदेश नम्वर ५ स्तरीय सुझाव सङकलन दाङको घोराहीमा सम्पन्न भएको हो । सुझाव सङकलन कार्यक्रममा सहभागिहरुले स्थानिय स्तरमा रहेका स्रोत र साधनको प्रयोगमा आउने खालको शिक्षा प्रदानका लागि पाठयक्रम निमार्ण गर्ने सुझाव दिएका थिए ।
उनीहरुले विद्यार्थीहरुलाई इमानदारीता, लगनशिल, चरित्र निमार्ण गर्नेका लागि आवस्यश्क पर्ने पाठयक्रम निमार्ण गरीनु पर्ने सुझाव दिएका थिए । उनीहरुले शिक्षा व्यवहारीक, प्राविधिक, स्वरोजगार मुलक वनाउनका लागि पाठयक्रम निमार्ण गरीनु पर्ने बताएका थिए ।
सहभागिले विद्यार्थीहरुको निरन्तर मुल्याङकन गर्ने, प्रयोगात्मक, निरन्तर अभ्यास गर्ने खालको पाठयक्रम निमार्ण वनाउन सुझा दिएका थिए । सभागिहरुलाई समुह विभाजन गरी समुहमा वुदागत रुपमा सुझाव सङलन गरीएको थियो । यस प्रकारको सुझाव पछि सम्म पनि दिन सक्ने पाठयक्रम विकास केन्द्रका उप निर्देशक वावुराम गौतमले जानकारी दिनुभयो ।
उहाँले सुझाव पछि पनि केन्द्रमा पठाउन सकिने बताउनु भयो । टोलीले हिजो र आज प्रदेश नम्वर ५ का शिक्षाका सरोकारवालाहरु संग सुझाव सङकलन गरेको थियो । यस प्रकारको कार्यक्रम कार्यक्रम ५ वटै प्रदेशमा गरीएको जानकारी दिएको छ । पाठयक्रम केन्द्रले विभिन्न ६ वुदामा सुझाव सङकलन गरेको थियो ।
पाठयक्रम विकास केन्द्रले जीवन उपयोगी सिपमा आधारित भई पाठयक्रम परिमार्जनका लागि आवश्यकता पहिचान र अक्षराङकन पद्धतिका वारेमा सरोकारवालासंग सुझाव लिएको पाठयक्रम विकास केन्द्रका उप निर्देशक बावुराम गौतमले बताउनु भयो ।
समापन कार्यक्रममा वोल्दै जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीले जिल्लामा आयोजना गरीएको यसप्रकारको कार्यक्रमले स्थानिय स्तरको विषय वस्तुलाई समावेश गर्ने सहयोग मिल्ने बताउनुभयो । शिक्षा अधिकारी मैनालीले स्थानिय स्तरवाट सुझाप अनुसार नै पाठयक्रम निमार्ण हुने अपेक्षा गरेको बताउनु भयो ।
त्यस अवसरमा पाठयक्रम विकास केन्द्रका पाठयक्रम अधिकृत हेमराज खतिवडा, नेपाली काग्रेस जिल्ला कोषाध्यक्ष सावित्रा राना, जिल्ला शिक्षा कार्यालय दाङका उप जिशिअ ऋषिराम रिजाल, गणेश विसम लगाएतकाले बोल्नु भएको थियो भने कार्यक्रमको सहजिकरण केन्द्रका उप निर्देशक गौतमले गर्नुभएको थियो । कार्यक्रममा १० जिल्लाका शिक्षाका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।।