दाङ, १३ साउन । ब्लडक्यान्सर पीडित पत्रकार अर्जुन महराको उपचारका लागि बिहीबार (आज) १० हजार ५ सय रुपैयाँ संकलन भएको छ । नेपाल पत्रकार महासंघ, दाङ शाखाको पहलमा शुरु गरिएको पत्रकार अर्जुन महरा बचाउ अभियानका क्रममा आज सो रकम जम्मा भएको हो ।Arjun-Mahara

महराको उपचारका लागि प्यूठान स्थायी घर भई हाल नवलपरासीमा रहनुभएका गोविन्द रिजालले ५ हजार रुपैयाँ, जोशी ढाका कलेक्सन घोराहीका राधा श्रेष्ठले २ हजार रुपैयाँ, आरसी प्रिन्टर्सका अनन्त आरसीले २ हजार रुपैयाँ, शाक्य गहना पसलका हेमराज शाक्यले १ हजार रुपैयाँ र टीका फर्निचरका विष्णु कालाथोकीले पाँच सय रुपैयाँ सहयोग गर्नुभएको महासंघका कार्यवाहक अध्यक्ष लक्ष्मी आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार बुधबार मात्रै महासंघमा संकलित १ लाख ११ हजार ५ सय रुपैयाँ पीडितका बुवाको खातामा जम्मा गरिएको थियो । ब्लडक्यान्सर पीडित पत्रकार महरालाई सहयोग गर्न चाहनुहुने महानुभावले पीडितका बुवा दाम बहादुर महराको नाममा लक्ष्मी बैंक काठमाडौं रहेको खाता नं. ०१२२४११६४६१ जम्मा गर्न वा उहाँको फोन नंं. ९८४४९७१७८९ सम्पर्क गर्न सकिने आचार्यले जानकारी दिनुभयो । त्यस्तै, नेपाल पत्रकार महासंघको कार्यालयको नं. ०८२–५६१४९७ वा मोबाइल नं. ९८५७८३०३६३ मा पनि सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो ।