तुलसीपुर । तुलसीपुर होटल व्यवसायी समितिले आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ । तुलसीपुर–५ बसपार्कमा रहेको मध्यपश्चिम सल्यानी गेष्ट हाउसमा गत माघ २२ गते भान्सामा ग्यास चुहावट भई आगलागी हुँदा क्षति भएको हो ।

होटल संचालक मुनकुमारी वलीलाई आइतबार (आज) एक कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग गरिएको हो । मुनकुमारीलाई ७ हजार ५ सय ५५ रुपैंया आर्थिक सहयोग गरेको सचिव तुफान केसीले जानकारी दिए ।

होटल व्यवसायी समितीका अध्यक्ष इन्द्र बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर होटल व्यवसायी समितीका सल्लाहकार तथा होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सदस्य नेत्रलाल वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रमुख अतिथी वलीले ७ हजार ५ सय ५५ चेक आगलागी पिडीत मुनकुमारीलाई हस्तान्तरण गरिएको थियो ।