दाङ । दाङको घोराही उपमहानगरपालिकाले अबको तीन बर्षभित्र लागुऔषध नियन्त्रित नगर बनाउन वडा तहबाट लागुऔषध दुव्र्यशन बिरुद्धको कार्यक्रमलाई तिब्रता दिएको छ ।
विभिन्न वडाहरुले टोल विकास संस्थाका सदस्यहरु र विद्यालयहरुमा सचेतना मूलक कार्यक्रमलाई तिब्रता दिदै तीन वर्षभित्र उपमहानगरपालिकालाई लागुऔषध नियन्त्रित बनाउने लक्ष्यका साथ उपमहानगरपालिका अघि बढेको हो ।
यसैक्रममा वडा नम्बर १७ ले चौघेरामा सचेतना मूलक कार्यक्रम गरेको छ । वडा अध्यक्ष रामलौटन चौधरीको अध्यक्षता एवं नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमाकुमारी डिसीको उपस्थितीमा टोल विकास संस्थाका पदाधिकारी र गोरक्ष रत्ननाथ मावि चौघेराका विद्यार्थीहरुलाई लागुऔषध सेवनले गर्ने असर र यसका बिरुद्ध अब चाल्नुपर्ने रणनीतिका बिषयमा प्रशिक्षण र छलफल गरिएको छ ।











