काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा पक्राउ परेका उद्यमी अरुण चौधरीसहित तीनै जना रिहा भएका छन् ।

उद्यमी चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायाण सिंह थापा र चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई हाजिरी जमानीमा रिहा भएका हुन् ।

उनी तीनै जनालाई माघ १८ गते पक्राउ गरेको थियो । अस्ति सोमवार उनीहरूलाई हिरासतमा राख्न दोस्रो पटक म्याद थप्ने क्रममा जिल्ला अदालत काठमाडौले दुई दिनपछि थुनामुक्त गर्न आदेश दिएको थियो ।