दाङ । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । आफ्नो स्थापना दिवसको अवसरमा प्रदेश सरकारले विदा दिएको हो ।

लुम्बिनी प्रदेशले आज प्रदेश राजधानी देउखुरीमा कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाउँदैछ । ६ वर्षदेखि फागुन ३ गते मनाउँदै आएको स्थापना दिवस यसपाली सारेर आज माघ २१ गते मनाउन लागेको छ ।

प्रदेश स्थापना दिवस र सरकारको स्थापना दिवस एकै दिन मनाउन लागिएको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयले बताए । प्रदेश सभाको चुनाव भएर २०७४ साल माघ २१ गते पहिलो बैठक बसेको दिनलाई आधार मानेर लुम्बिनीले यसअघि हरेक वर्ष माघ २१ लाई प्रदेशको स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।