चितवन । बाग्मती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको गाडीको ठक्करबाट मृत्यु भएको छ । उनी सवार ना ४६ व ७७५९ नम्बरको मोटरसाइकललाई ग १ ख ८५४७ नम्बरको जन्ती बोकेको बसले नवलपुरको गैँडाकोटमा ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका ६७ वर्षीय पौडेललाई भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पौडेल २०७८ पुस ९ गते बाग्मती प्रदेशको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका थिए । पौडेलका श्रीमती, दुई छोरा र एक छोरी छन् ।