
काठमाडौँ । आइसिसी १९ विश्वकप क्रिकेटको सुपर सिक्सको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई १७० रनको लक्ष्य दिएको छ।
दक्षिण अफ्रिकामा जारी क्रिकेटको सुपर सिक्सको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ ओभर ५ बलमा १० विकेट गुमाउँदै १६९ रन बनाएको हो। नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । सय बल खेल्दै उनले चार चौकाको मद्दतमा ४८ रन बनाए ।
नेपालका कप्तान देव खनालले ६० बल खेल्दै ३५ रन जोडे । सुवास भण्डारीले नटआउट १८ रन बनाए भने अर्जुन कुमाल २६ बल खेल्दै १४ रन बनाएर आउट भए ।










