इन्द्रेणी संवाददाता
दाङ । घोराही उपमहानगरपालिकाले आफ्नो ४६ औं स्थापना दिवसको अवसरमा इन्द्रेणी अनलाइन डटकमका कार्यकारी सम्पादक उदय बीसीलाई सम्मान गरेको छ । उपमहानगरपालिकाका समग्र गतिविधिबारे नगरवासीलाई सूसुचित गराउने कार्यमा निरन्तर कलम चलाएको भन्दै उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो ।

स्थापना दिवसको अवसरमा कार्यकारी सम्पादक बीसीसहित पाँच जना सञ्चारकर्मीलाई समेत सम्मानित गरेको छ । यसरी सम्मानित हुनेहरुमा पत्रकारहरु सन्तोष दहित, सुशीला वली, जेएन सागर र प्रकाश नेपाली रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल, घोराही उपमहानगरपालिकाका कार्यवहाक मेयर हुमा कुमारी डिसीलगायतले दोसल्ला, प्रमाणपत्रसहित सम्मान गरेका थिए ।