सल्यान । कर्णाली प्रदेशको कार्यसम्पादन मूल्याङ्कनमा कपुरकोट गाउँपालिका प्रथम भएको छ । स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा कपुरकोट गाउँपालिका कर्णाली प्रदेशमा प्रथम र नेपालमै दोस्रो भएको हो ।
आर्थिक वर्ष २०७९र८० को कार्यसम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म सार्वजनिक गरेको नतिजामा योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा २१, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २७ दशमलव ५, लेखाङ्कन तथा प्रतिवेदनमा १७, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १६ र राजस्व व्यवस्थापनमा १५ दशमलव५ अङ्क प्राप्त गरेको छ ।
कार्यसम्पादन मूल्याङ्कनमा कर्णालीको दैलेख भगवतीमाई गाउँपालिका ९५ र कालीकोट महाबु गाउँपालिकाले ९१ दशमलव ५ अङ्क ल्याएर उत्कृष्ट भएका छन् ।
