जनकपुर । जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । योसँगै सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालय गरी दुई जना मन्त्री सहभागी थिए।
सरकारलाई दिएको समर्थन फिर्ता लिदै मधेस सरकारबाट बाहिरिने निर्णय गरेको सांसद चन्दन सिंहले बताए । पछिल्लो समय सत्ता गठबन्धनसँग जनमत असन्तुष्ट बन्दै गएको छ। राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी बाँडफाँटदेखि नै जनमत असन्तुष्ट छ।
मधेसमा जनमत र जसपाबीच तिक्तता बढ्दै गएको छ। हिजोमात्र सप्तरीमा मधेस कृषि विद्यालयको शिलान्यास कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि हुँदा जनमतले विरोध जनाएको थियो।
