काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा काटेको बिजुलीको लाइन तत्काललाई जोडिदिने भएको छ। आज शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैंठकमा मन्त्रिपरिषद्को निर्णयअनुसार छानबिन समितिले प्रतिवेदन नबुझाउञ्जेल विद्युत जोड्ने निर्णय भएको हो ।

मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादको विषयमा छानबिन गर्न बनेको समितिलाई ३० दिनको समयसीमा दिएको छ। र, सो अवधिसम्म उद्योगहरूमा विद्युत लाइन जोड्ने निर्णय गरेको थियो।