काठमाडौँ । आफ्नै श्रीमतीलाई अध्यक्ष बनाएर पार्टी स्थापना गरेका रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई सर्वसम्मत पार्टी अध्यक्ष निर्वाचित गरेको हो ।

नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत निर्वाचित अध्यक्षमा चौधरी एक्लैको उम्मेदवारी परेको थियो । महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्ष चयन गरेको नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरीले जानकारी दिएका छन् ।

२०७२ मा टीकापुर घटनामा दोषी ठहर भएपछि जेल गएकाले गतवर्ष आमनिर्वाचनअघि जेलबाटै आफू संरक्षक रहेर पार्टी स्थापना गरेका थिए । अहिले जेलबाट छुटेपछि महाधिवेशनबाट जनमत लिएरै उनी अध्यक्ष चुनिएका छन् । यसअघि उनले आफ्नै श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर पार्टी स्थापना गरेका थिए ।