चितवन । दुध उत्पादन गर्ने चितवनका किसान ४० हजार बढी किसानले दुधको रकम भुक्तानी पाएका छैनन् । ४० हजार बढी किसानको अझै २२ करोड भुक्तानी बाँकी छ । उनीहरुले पटक पटक दुधको बाँकी रकम समयमा भुक्तानी गर्न माग गर्दै आएका छन् । दुग्ध उद्योगहरूलाई उधारोमा दुध बेच्न बाध्य भएका किसानले भदौदेखिको भुक्तानी पाएका छैनन् । किसानले दुग्ध सहकारीमा दुध बेच्ने गरेका छन् ।
“किसानको दुध खरिद गरेर लैजाने दुग्ध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगहरूले दुग्ध सहकारीहरूलाई पाँच महिनादेखिको रकम पठाएनन्, जसले गर्दा किसानले दुध बेचेर पनि पैसा पाएनन,” चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले भने । चितवनका एक सयभन्दा बढी दुग्ध सहकारीले दुधको भुक्तानी पाएका छैनन्, सहकारीमा दुधको भुक्तानी नआउँदा किसान मारमा परेका छन् । समय।मा दुधको पैसा नपाउदा उनीहरु कृषि पेशाबाट पायन हुने सम्भावना छ ।
