दाङ । थारू कल्याणकारिणी सभा दाङको आयोजनामा शुक्रवारदेखि घोराहीमा माघी महोत्सव शुरु भएको छ । थारू समुदायले आफ्नो संस्कृति जोगाउनका लागि दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव २०८० शुरु भएको हो ।
महोत्सवको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे । भोलि पुस २१ गते सम्म चल्ने महोत्सवमा थारु संस्कृतिसँग जोडिएका विभिन्न नृत्य प्रस्तुत गरिएको थियो । भने यो समुदायसँग जोडिएका विभिन्न परिकारहरु पनि महोत्सवमा रहेका छन् । महोत्सव घोराहीस्थित जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा शुरु भएको छ ।
महोत्सव उद्घाटनका दिन माघी महोत्सवको दृष्य :-