k|wfgdGqL z]/axfb'/ b]pjf d+unaf/ sf7df8f}Fdf u}/cfj;Lo g]kfnL ;+3 :yfkgf lbj;df cfof]lht sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f,/f;;

ओखलढुङ्गा । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रमै नागरिकको अवस्था परिवर्तन हुने बताएका छन् ।

बीपी स्मृति भवन नेपाली कांग्रेस पार्टी कार्यालय र प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुङ्गा आएका सभापति देउवाले संघीयतालाई राम्रोसँग चलाउन सके देश विकास गर्न सकिने बताए ।

“देश लोकतान्त्रिक गणतन्त्रमा गइसेको छ,” उने भने “यही व्यवस्थाले नागरिकको अवस्था परिवर्तन हुन्छ।” यो व्यवस्थाले आदिवासी, जनजाती, मधेसी, महिला, दलित लगायत सबैलाई अपनत्व दिलाउन आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता शेखर कोइरालाले देशमा बेरोजगार समस्या बढ्दो क्रममा रहेको बताए । यसका समाधानका लागि कृषि क्षेत्रको विकास गरेर रोजगारीको सिर्जना गर्न सकिने नेता कोइरालाले बताए ।