इन्द्रेणी संवाददाता

विराटनगर,१६ असोज । कथित धर्मगुरु आचार्य श्रीनिवासले विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछिपक्राउ परेका छन् ।  प्रहरीले उनलाई मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरिएको छ । उनि यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा समेत पक्राउ परेका थिए ।