इन्द्रेणी संवाददाता
काठमाडौं । बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण पाण्डेयले आफूहरु भूम्कपबाट भएको क्षतिबारे विवरण लिने क्रममा रहेको बताएका छन् । मंगलबार दिउँसो ३ बजेर ६ मिनेट बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेयले अहिलेसम्म मानवीय क्षति भएकोबारे औपचारिक जानकारी नरहेको बताए । प्रजिअ पाण्डेयले भने- “भूकम्पका कारण के कस्तो मानवीय संकटको अवस्था भएको जानकारी आएको छैन । हामी तैनाथ छौं । अहिलेसम्म परिचालन गर्नुपर्ने अवस्था आएको छैन।”











