काठमाडौ । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।
यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्छन् ।
यस वर्ष तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको छ । आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको छ ।
