दाङ । हिन्दु मिहलाहरुको महान पर्व तीज आजबाट शुरु भएको छ । आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ ।

आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ ।

यसैगरी आजै थारु समुदायको पर्व अट्वारी परेको छ । अटवारी पर्वको अवसरमा आज लुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ ।