smart

घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको असोज १३ गते हुने निर्वाचनका लागि समिति गठन गरिएको छ ।

संघको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचन गराउनका लागि अधिवक्ताहरु निर्मल गौतम, मौसम आचार्य र अच्युत न्यौपाने सदस्य रहेको निर्वाचन समिति बनाउने निर्णय गरिएको संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । अधिवेसनले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व सर्वसम्मतिमा चयन गर्नका लागि प्रयास जारी राखिएको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले १९ आंै साधारणसभाका लागि विभिन्न समिति गठन गरेको छ । अतिथि सत्कार समितिमा अध्यक्ष टंकसिंह वुढाथोकी र निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल हुनुहुन्छ । मञ्च व्यवस्थापन समितिमा देवकला बस्नेत, विनोदप्रसाद पाण्डे र जुद्धवहादुर घर्ती (जगत) चयन हुनुभएको छ भने भोजन तथा आवास व्यवस्थापन समितिमा विष्णुप्रसाद रिजाल, मित्रदेव अधिकारी र लिलाराम खड्का चयन हुनुभएको छ । संघको साधारणसभा आउँदो असोजको ६ गते र अधिवेशन असोज १३ गते हुँदैछ ।