दाङ । आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी। आजकै दिन घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गरिन्छ ।

यो दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ।

आज बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा अर्चना गर्ने परम्परा छ। आजको दिन विभिन्न नागेश्वर मन्दिरहरुमा पनि पूजाआजाका लागि भिड हुने गरेको छ ।