
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालले सुन तस्करी काण्डको अनुसन्धानका लागि छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने भनिरहेका वेला उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६१ किलो सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले नै टुङ्गोमा पुर्याउने बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुन प्रकरणको सम्बन्धमा सिआईबीले अनुसन्धान गरिरहेको र सिआईबीले नै यसलाई टुङ्गोमा पुर्याउने दाबी गरे । उनले संसद् गतिरोध अन्त्य गर्ने सन्दर्भमा छलफल सकारात्मक भएको बताए ।
