काठमाडौं । नेपाल आयल निगमको सञ्चालक समितिको हिजो बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बृद्धि गरेको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँले बढाएको हो ।
निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ । इन्डियन आयल कार्पोरेशनबाट मूल्य बढेर आएसँगै नेपालमा पनि बढेको निगमले जनाएको छ ।











