Interview with Spokesperson and Secretariat Member Narayan Kaji Shrestha, in Kathmandu, on Sunday, March 8, 2020. Photo: Balkrishna Thapa Chhetri/THT

इन्द्रेणी संवाददाता

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर कृष्णबहादुर महरालाई दोषी करार गर्न नसकिने बताएका छन् । आज बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरूले सुन तस्करीमा महरा र उनका छोरा राहुलको पनि नाम मुछिएकोबारे जिज्ञासा राखेका थिए ।

जवाफमा उनले फोनलाई मात्रै आधार मानेर दोषी करार नमिल्ने बताएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । तर, बाँकी अनुसन्धान जारी रहेको श्रेष्ठले बताएका छन् ।

“पूर्वसभामुखको पनि नाम जोडियो के हो ? भनेर कुरा राख्यौँ । जसमा गृहमन्त्रीले अनुसन्धानको क्रममा रहेको र फोनकै आधारमा दोषी हो भन्न नसकिने कुरा गर्नुभएको छ,” पाण्डेले भने बाह्रखरीमा खबर छ ।