दाङ । घोराहीको एक घरमा घरमालिकका दम्पत्तीमाथि कुटपिट गरी चोरी गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ रामकोटका मान बहादुर बस्नेत र उनकी श्रीमतीलाई कुटपिट गरी केही युवाहरुले घरमा चोरी गरेका हुन् ।

“रातको करिव साढे दश बजेको थियो खानपिन गरी सुत्ने तयारीमा थियौ”, पीडित बस्नेतले भने, “श्रीमती पसलको सामान स्याहार्दै थिइन म पल्टेको थिए ढोकाभित्र करिव १४/१५ जनाको एक हुल पस्यो म भएतिर आए मलाई कुटपिट गर्न थाले श्रीमती चिच्याउदै आइन् श्रीमतीलाई कुटपिट गरे उनी श्रीमती पल्टीईन् म बेहोस भएछु ।”

चोरले हामीलाई कुटपिट गरेर बाँधेर घरमा चोरी गरे पीडित बस्नेतले बताए । चोरले नगद ६ लाख सहित पसलका सरसामान गरगहना लुटपात गरी लगेको बताइएको छ ।

युवाहरुको कुटपिटका कारण बस्नेतका श्रीमती सामान्य घाइते छन् भने बस्नेत गम्भीर घाइते छन् । कुटपिट घाइते भएका बस्नेत उनकी श्रीमती तिला बस्नेत अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
यता घटना लगत्तै प्रहरीलाई खवर प्राप्त गरी घटनामा संलग्न ३ जनालाई प्रहरी पक्राउ गरी आवश्यक अनुुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक डिएसपी राजन गौतम जानकारी दिएका छन् ।