दाङ । पछिल्लो ३ देखि ६ घण्टामा दाङसहित लुम्बिनी प्रदेशका केही जिल्लामा भारी वर्षा भइरहेकाले नदी आसपासका क्षेत्रका स्थानीयलाई सर्तक रहन आग्रह गरिएको छ ।
दाङको बागासोती, लालमाटिया, घोराही, शुक्रबारे, भालुबाङ, लमही, रातामाटा र प्यूठानको बिजुवार, मारीखोला, हंसपुर र आसपास धेरै स्थानमा भारी बर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
वर्षातका कारण राप्ती र बबईको साना नदी, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी हुनसक्छ, दिउँसो सम्म सतर्क रहन आग्रह गरिएको छ ।
साथै पछिल्लो तीन घण्टामा नवलपरासी, रुपन्देही, पाल्पा आसपासका क्षेत्रमा बाढीको जोखिम बढ्नेगरी पानी परेको छ । रातिदेखि परेको पानीले ती क्षेत्रमा रहेका साना नदीसँगै तिनाउ, तिनाउ नदीका सहायक नदी र पश्चिम राप्तीका सहायक नदीहरुमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
