काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हौँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नागार्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाल खनाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट कोटेश्वरबाट नियन्त्रणमा लिएको हो ।

उनीहरूले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरूसँग चिनजान रहेकाले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने भनी ठगी गरेको खुलेको छ। पीडितलाई विभिन्न कागजातमा सहीछाप गराई उनीहरूले ४५ लाख बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ।छ।