दाङ । गत आर्थिक वर्षको तुलनामा आकार घटाउदै घोराही उपमहानगरपालिकाले आगामि आर्थिक वर्षका लागि २ अर्ब १५ करोडको बजेट सार्वजनिक गरेको छ । आगामि आर्थिक वर्ष २०८०/८१ का लागि उपमहानगरपालिकाले यो बजेट ल्याएको हो । गत वर्षको तुलनामा बजेटको आकार घटाएर उपमहानगरपालिकाले २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको हो ।
घोराहीले आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोडको बजेट ल्याएको थियो । यो पटक झन्डै १७ करोड घटाएर बजेट ल्याएको छ ।
नगरसभाको तेह्रौँ अधिवेशन कुल बजेटमध्ये एक अर्ब २८ करोड तीन लाख ४० हजार (५९ दशमलव ४० प्रतिशत) चालु खर्च र ८७ करोड ५१ लाख ४३ हजार (४० दशमलव ६० प्रतिशत) पुँजीगत खर्चसहितको बजेट उपमेयर हुमा डिसीले जानकारी दिएकी थिइन्।
कुल विनियोजित बजेटमध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ७६ करोड ५९ लाखमध्ये पाँच करोड ३१ लाख पुँजीगत खर्च र ७१ करोड २८ लाख चालु खर्च रहेको छ । त्यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान चार करोड ७८ लाख ५० हजारमध्ये चार करोड ६४ लाख पुँजीगत खर्च र १४ लाख ५० हजार चालु खर्च रहेको छ ।
संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड र रोयल्टी तथा उपमहानगरको आन्तरिक आय घरजग्गा रजिस्ट्रेशन, बैंक मौज्दात समेतबाट विनियोजन गरिएको बजेट एक अर्ब ३४ करोड १७ लाख ३३ हजारमध्ये ५६ करोड ६० लाख ९० हजार ९४२ दशमलव २० प्रतिशत० चालु खर्च र ७७ करोड ५६ लाख ४३ हजार ९५७ दशमलव ८० प्रतिशत० पुँजीगत खर्च रहेको उपमेयर डिसीले जानकारी गराएकी थिइन् ।
