प्यूठान । प्यूठानको स्वर्गद्धारीबाट फर्कदै गरेको जीप दुर्घटना भएको छ । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ जीप भिंग्रीमा दुर्घटनामा परेको हो ।

जीपमा दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जना सवार रहेको प्यूठान प्रहरीले जनाएको छ । जीप सडकबाट तल खसेको छ । यो समाचार तयार पार्दासम्म दुर्घटनामा के कति मानवीय क्षति भएको भन्नेबारेमा प्रहरीले पुष्टी गरेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।