कालीकोट । कालिकोटको शुभकालीका गाउँपालिका ६ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । चिसापानी स्थित बेहुली पानतडी सडक खण्डको चौकी बजारबाट हाउडीतर्फ आउदै गरेको बोलेरो जिप दुर्घटना भएको हो ।
आइतबार राती १२ बजेर ३० मिनेटमा हाउडीतर्फ आउदै गरेको लु १ च ८४९८ नं को डबल क्याप जिप सडकदेखी अन्दाजी एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालका नअुसार दुर्घटना परी मृत्यु हुनेमा शुभकालीका गाउँपालिका वडा नं २ का जिप चालक वर्ष ३० का हर्के कामी, शुभकालिका ८ बस्ने वर्ष ३१ का राम बहादुर शाही र दैलेख जिल्ला नौमुले घर भएका वर्ष अन्दाजी २५ का गोपाल सलामी मगर रहेका छन् ।
