काठमाडौ, १० साउन ।
धुम्रपान गर्ने महिलामा आन्तरिक रक्तस्रावका कारण हुने मस्तिष्कघातको खतरा बढी रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् । सुवाराच्नोइड हेमरेज नामक गम्भीर प्रकृतिको मस्तिष्कघात धुम्रपान नगर्ने महिलाको तुलनामा दैनिक एक प्याकेट भन्दा बढी धुम्रपान गर्ने महिलामा आठौ गुणा बढी हुने, फिनिस अनुसन्धानकर्ताले पत्ता लगाएका छन् ।smok6
त्यही अनुपातमा धुम्रपान गर्ने पुरुषमा भने यसको जोखिम तीन गुणा बढी मात्र देखिएको छ ।

अध्ययनले हल्का धुम्रपान गर्ने महिलामा पनि यसको जोखिम तीन गुणा बढी रहने गरेको पत्ता लगाएको छ ।
मायामी मिलर स्कुल अफ मेडिसिनस्थित न्युरोलोजीका अध्यक्ष डा. राल्फ साकोका अनुसार सुवाराच्नोइड हेमरेजले विभिन्न प्रकारका मस्तिष्कघातको तीन प्रतिशत भाग ओगट्ने गर्छ ।
यस खालको मस्तिष्कघात दिमागमा एनिर्युसिम रक्तस्राव हुनाले गर्छ । एनिर्युसियम भनेको दिमागमा हुने सानो प्रकारको कमजोर रक्तनली हो, जुन कुनै पनि बेला फुट्न सक्छ ।

यस अध्ययनका लागि लिण्डबोह्म तथा उनका सहयोगीले फिनिस नेशनल सर्भेमा सन् १९७२ देखि उल्लेख भएका झण्डै ६६ हजार तन्नेरीको तथ्यांक संकलन गरेका थिए । सो क्रममा अनुसन्धानकर्ताले उनीहरुलाई पहिलो मस्तिष्कघात नभएसम्म, नमरेसम्म अथवा सन् २०११ को अन्त्यसम्म करिब २१ वर्षका लागि निगरानीमा राखेका थिए ।

निगरानी पश्चात्त आएको नतिजाले हल्का धुम्रपानकर्ता मध्य दैनिक एकदेखि दश वटासम्म चुरोट पिउने महिलामा सुवाराच्नोइड हेमरेजको जोखिम तीन गुणा बढी रहने तथा पुरुषको हकमा दोब्बर रहने फेला पारेको थियो ।।