काठमाडौं । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच बिहान ११०५ बजे हैदरावाद हाउसमा भेटवार्ता हुने कार्यक्रम छ। यसरी दुई प्रधानमन्त्रीबीच बेग्लै छलफल गरेपछि प्रतिनिधिमण्डलस्तरीय छलफल पनि हुनेछ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबीच नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रबर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारे, पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुने बताइएको छ।
