काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नयाँ बजेटले मुलुकको वर्तमान आर्थिक संकटको समाधान नगर्ने प्रतिक्रिया दिएका छन् ।

संघीय संसद्को सोमबारको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका थिए ।

अर्थमन्त्री महतको बजेट भाषणपछि ओलीले बजेटले आर्थिक संकटको संकेत दर्शाउने गरेपनि समस्याको समाधान नदिने बताएका हुन् । अर्थमन्त्री महतले खारेज गरिएको संसद विकास कोषलाई व्यौताउदै बजेट ल्याएका छन् ।