काठमाडौं । मानव स्वास्थ्यका लागि उपयुक्त नमानिने जंकफुडलाई सरकारले विद्यालय दिवा खाजामा प्रतिबन्ध लगाएको छ । आगामी आर्थिक वर्षदेखि विद्यालय दिवाखाजामा जंकफुड निषेध गरेको हो ।

सरकारले सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले आगामी आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि आठ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ । तर बजेटमार्फत विद्यार्थीलाई दिइने दिवा खाजामा जंकफुड दिन नपाइने व्यवस्था कडाइका साथ लागू गर्ने घोषणा गरेको छ ।

दिवा खाजामा स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराउने व्यवस्था मिलाइने सरकारले जनाएको छ । जंकफुडले बालबालिकाको शारीरिक मानसिक लगायत स्वास्थ्यमा असर पार्ने भएकाले यसलाई विद्यालयस्तरका बालबालिकामा दिन नहुने बताइएको छ ।