सल्यान । सल्यानको बागचौरमा श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण शुरु भएको छ । बागचौरमा जेष्ठ नागरिकको भवन निर्माणका लागि श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण आयोजना गरिएको हो ।
बागचौर नगरपालिकाको आर्थिक सहयोग र ज्येष्ठ नागरिक सेवा समाज नेपाल बागचौर नगर कार्यसमितिको आयोजनामा आइतबारदेखि शुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण जेठको २० गतेसम्म संचालन हुनेछ ।
जेष्ठ नागरिक सेवा समाज नेपाल जिल्ला समिति सल्यानले ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण गर्ने उद्देश्य राखी बागचौर नगरपालिकाको आर्थिक सहयोगमा श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण लगाउन थालिएको हो ।
यसका साथै धर्म संस्कृतिको रक्षा गर्ने र सल्यानको सुन्दर बागचौर नगरपालिकाको पहिचान गराउने उद्देश्य राखिएको छ । विभिन्न धार्मिक कार्यक्रमहरु सहित धर्म प्रचार प्रसारमा बालक अवस्था देखि नै लाग्नु भएका नेपालकै प्रथम सुर्यपाकी बाल यूवा सन्त परम तपस्वी परम् बिरक्ति विशिष्ट विद्वान स्वामी केशवाचार्यले श्रीमद् भागवत सप्ताह पूराण कथा वाचन गरिरहेका छन्। कार्यक्रम बागचौर २, बागचौरस्थित सेवा केन्द्र रहेको स्थानमा संचालन भएको छ ।
