काठमाडौँ । टुँडिखेलमा विविध कार्यक्रम आयोजना गरी १६ औं गणतन्त्र दिवस मनाइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्य रुपमा मनाइएको हो । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइदै आएको छ ।
सोही दिवसका उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
