काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय समस्या समाधान र जनताको चाहना सम्बोधन गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभामा उनले संसद्मा भएका राजनीतिक दलहरूका आ आफ्ना विचारधारा भए पनि देशमा देखा परेका समस्या समाधान गर्नका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

जनताको हितमा काम गर्नका लागि सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने र संसद्मा सत्तापक्ष र प्रतिपक्षका आ आफ्ना भूमिका रहेपनि राष्ट्रिय समस्या समाधान गर्ने क्रममा भने एक ठाउँमा आउनुपर्ने उनको भनाइ थियो ।

उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई जलहरी काण्डमा मुच्नु राम्रो नभएको पनि प्रतिकृया दिएका थिए । ओलीलाई मुछेर अभिक्तिी संसदको रेकर्डबाट समेट हटाइएको छ ।