देउखुरी क्षेत्र स्तरीय प्रकोप व्यवस्थापन समन्वय समितिको वैठक आज लमहीमा सम्पन्न भएको छ । समन्वय समितिका संयोजक तथा इलाका प्रशासन कार्यालय लमहीमा शाखा अधिकृत विक्रम नेपालीको अध्यक्षतामा बसेको वैठकले देउखुरी क्षेत्र बाढी प्रकोपको उच्च जोखिममा रहेकाले प्रकोपबाट बच्न र बचाउनका लागि समितिले नेपाल रेडक्रस सोसाइटी उपशाखा, विभिन्न संघ सस्था तथा सरकारी गैरसरकारी संस्था वा गाउँ टोलमा रहेका उद्धार सामाग्रीहरु सम्बन्धित सुरक्षा निकायमा बुझाइ जिम्मा लगाउने र सुरक्षा निकाय मार्फत उद्धार कार्यमा खट्ने निर्णय गरेको छ ।
साथै बैठकले प्रकोप जति बेला जुन सुकै स्थानमा आउने भएकाले सम्पुर्ण सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघ सस्था, राजनितिकदल, गाविस र मिडिया हाउसलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।।