सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् ।
सत्तामा सहभागी दलमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्माले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।
आज शुक्रवार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ जना सांसदले विश्वासको मत दिएका हुन् । मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा एक मतमात्रै परेको छ । उनले राप्रपाबाहेक सबै दल र स्वतन्त्र सांसदको मत प्राप्त गरे ।
