दाङ । दाङको बंगलाचुली गाउँपालिकामा एक जानाको हत्या भएको छ । बंगलाचुली २ मर्पेस निवासी ३५ वर्षका रेशम सुनारको हत्या भएको हो ।
वडा अध्यक्ष मैते पुनमगरका अनुसार सुनारलाई उनका छोरा १८ वर्षिय शिवराज सुनार र श्रीमती वर्ष ३६ की कमला सुनारले मिलेर हत्या गरेका हुन् । मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको बताइएको छ ।
हत्यामा संलग्न आमा छोरा दुवैलाई प्रहरीले पक्राउ गरी सकेको छ । सुनारको घरमा लामोसमय देखि मदिरा खाएर श्रीमान श्रीमती विचमा झगडा भईरने गरेको र हिँजो पनि परिवारमा एक आपसमा विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा ज्यानगएको हुन सक्ने अनुमान गरिएको छ ।
